“प्रावधिक शिक्षा व्यापारिकरण कहिले सम्म?-बिद्यार्थी नेता रावल”

“प्रावधिक शिक्षा व्यापारिकरण कहिले सम्म?-बिद्यार्थी नेता रावल”

सस्कृतको “शिक्ष”धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ।मानिस जन्मे देखि मुत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ।विशेष गरि प्राविधिक शिक्षा भनेको कुनै पनि व्यक्तिलाइ प्रविधिको ज्ञान दिई स्वरोजगार बनाउने उदेश्यले दिइन्छ।
यसै गरि नेपालमा पनि CTEVT बाट विभिन्न संकायमा वर्गीकरण गरि प्राविधिक शिक्षा दिइने व्यवस्था हामी सबैलाइ जानकारी नै छ।बिशेष गरि हाम्रो जस्तो बिकाशिल देशलाई प्राबिधिन्मुख बिकासमा टेवा पुर्याउने माध्यम प्राबिधिक शिक्षा हो तर अपसोच यहाँ यसको बिपरित “प्राबिधिक शिक्षा ,आजको आवश्यकता”को नाममा बिद्यार्थी प्रलोभनमा पारी प्राविधिक शिक्षाको व्यापार भैरहेको छ।देशका दुर-दराजका बस्तीबाट गरिव,बिपन्न र मध्यम वर्गीय परिवारबाट छोटो समयमा जागिर खाने सपना देख्दै बिद्यार्थी विभिन्न सकायका प्राविधिक शिक्षा लिन विभिन्न कलेजमा भर्ना लिन्छन !कलेजलाई चर्को फि बुझाउछन त्यही पनि समयमा परिक्षा नहुनु,समयमा नतिजा प्रकाशन नहुनु आदि इत्यादि कुराले बिद्यार्थी मारमा परिरहेका छन।सुनौलो सपनाका पोका सगै साहुको ऋण बोकेर सहर पसेका हजारौं बिद्यार्थीका सपनाको हत्या बर्षनि हुन्छ हुनेगरेको छ।कतिपय त यस्तै तनाव र चिन्ताले बिद्यार्थीले आत्महत्या गरेको समाचार देख्न सुन्नमा आउँछ।
देशमा प्राबिधिक दक्ष जनशक्ति उत्पादन गर्न प्राबिधिक शिक्षाले टेवा पुर्याउछ भन्ने त नारा मात्र हो ।यहाँ त कुनै पनि मिहिनेति,जेहन्दार र गरिब-बिपन्न बिद्यार्थीले भर्ना पाउनै मुस्किल छ किनकी उसले कलेज लगायत अन्य निकायले मागेको घुस दिन सक्दैन।अनि कसरी उत्पादन हुन्छ त दक्ष जनशक्ति ?जहाँ Talant भन्दा पहिला पुजीवादीतन्त्र हावी भए पछि? CTEVT मातहतमा जति पनि निजि कलेज स्थापना गरेका छन,म त भन्छु यी सबै कलेज होइनन मात्र व्यवसाय गर्न खोलिएका पसलहरु हुन जहाँ शैक्षिक गुणस्तर के-कस्तो छ होइन,बिद्यार्थीले शुल्क दियो दिएनलाई प्राथमिकतामा राखिन्छ ।न नियम न कुनै system ,जहाँ मनपरितन्त्र हावी भएको छ।यो रोकिन पर्छ।सरकारले यसको रेखदेख गर्ने कि नगर्ने? यस्ता शैक्षिक सस्थाले बिद्यार्थीको भबिस्य कसरी सुधार गर्न सक्छन?
यो त भयो प्राबिधिक शिक्षा लिन जादाका र लिदै गर्दाका केही चुनौती-बिकिर्ती।अब केही गरि डिग्री हासिल गरेर गयो,फेरि त्यही दोहोरिन्छ।जसको पावर छ पहुँच छ उसले जागिर पायो।मिहेनत गरेर प्राविधिक शिक्षाको अवधारणा अनुरुपको ९०% प्राप्त दक्ष जनशक्ति बजारमा certificate बोक्दै भौतारिने अनि पावर,पहुच भएको फेल भए पनि जागिर खादै गरेको यी आखाले देखेको छु।
यस्ता थुप्रै गुनासाहरु छन ।साचिकै गरिव र निमुखा वर्गका लागि प्राविधिक शिक्षा कहिले?साचिकै अवधारणा अनुरुपको दक्ष जनशक्ति उत्पादन कहिले ? सरोकारवाला को ध्यान कहिले जाने? कहिले सम्म प्राविधिक शिक्षा व्यवपारिकरण भैरहेने?? यी आदि इत्यादि प्रश्नको जफाव माग्न हामी सबै आ-आफ्नो क्षेत्र बाट जागरुक हुनु पर्छ। CTEVT भित्रका बिसगती-विकृतीलाई जरै बाट उखेल्न सबैले भुमिका खेल्न पर्छ।
लेखक: ✍️ रोसन रावल
नेविसंघ CTEVT जिल्ला समन्वय समिती अछामका अध्यक्ष
हुन् भने सामान्य चिकित्सा (HA)तेस्रो वर्षमा अध्यनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *