महेश बाबुसँग बिहे गरेपछि सकियाे नम्रताले फिल्मी करियर

महेश बाबुसँग बिहे गरेपछि सकियाे नम्रताले फिल्मी करियर

अभिनेत्री नम्रता शिरोडकर २२ जनवरी अर्थात आजका दिन आफ्नो जन्मदिन मनाइरहेकी छन्। नमृता साउथ सुपरस्टार महेश बाबुकी पत्नी हुन्। महेशसँग बिहे गरेपछि नमृताले फिल्म क्षेत्रसँग दूरी बनाएकी हुन्।

उनी फिल्मदेखि किन टाढा छन् भन्ने बारे टाइम्स अफ इन्डियाले सोधेको प्रश्नमा नमृताले भनेकी थिइन्, “खासमा महेशलाई बाहिर काम गर्ने केटी चाहिएको थिएन। महेश यसबारे क्लियर थिए, उनलाई घरेलु महिला चाहिएको थियो। त्यसैले बिहेपछि मैले मेरो करियर छाडेकी हुँ।”

करियर छाड्नुपर्दा नमृता पछुताएकी छन् कि छैनन् भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, “आफ्नो काम छाडेर मलाई कुनै किसिमको पछुतो छैन किनभने त्यही नै काम गरिरहने छु भन्ने मैले योजना बनाएकी थिइनँ। अरू हिरोइनजसरी मैले अवश्य नै आफ्नो काममा मेहनत गरेँ, कामलाई गम्भीर रूपमा लिएँ तर मैले कहिल्यै काम, प्रसिद्धि र पैसा मागिनँ। जे पाएँ त्यसैमा सन्तुष्ट भएँ।

नमृता र महेशले फरबरी २००५ मा बिहे गरेका हुन्। ४ वर्षको प्रेमपछि विवाह गरेको यो जोडी नमुना जोडी मानिन्छ। बिहेपछि महेशले फिल्मी क्षेत्रमा अझै धेरै सफलता प्राप्त गरे भने उनकी पत्नी फिल्मदेखि टाढा छन्।

Leave a Reply