पानीमुनि काजलको हनिमुन, एक रातको मूल्य नै ६० लाख (तस्वीरहरु)

पानीमुनि काजलको हनिमुन, एक रातको मूल्य नै ६० लाख (तस्वीरहरु)

दक्षिण भारतीय तथा बलिउड फिल्मकी नायिका काजल अग्रवाल आफ्नो बिहेका कारण चर्चामा छिन्। अभिनेत्रीको बिहेदेखि हनिमुन मनाउन गए सम्मका तस्बिरले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका छन्।

काजल र उनका पति हनिमुन मनाउन माल्दिभ्स गएका छन्। त्यहाँ उनीहरूले रमाइलो गरेका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। माल्दिभ्समा पुगेर यो जोडी पानीमुनिको संसारमा रमाइरहेको छ।

निकै सानदार बस्ने व्यवस्था भएको यो पानीमुनिको वासस्थान अहिले निकै चर्चामा छ। यस स्थानको नाम मुरादा हो। यो निकै सुन्दर र महँगो भएको बताइन्छ। यस सुन्दर स्थानको मूल्य भने चकित पारिदिने खालको छ। यस ठाउँमा बसेवापत् एक रातको ५० हजार डलर तिर्नुपर्ने स्रोतले बताएको छ। जुन झन्डै ६० लाख  नेपाली रुपयाँ हुन आउँछ ।

Leave a Reply