मोटो रकम लिएर बिग ब्यास खेल्दै सन्दीप, टिमबारे भयो खुलासा

मोटो रकम लिएर बिग ब्यास खेल्दै सन्दीप, टिमबारे भयो खुलासा

काठमाडौं :  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनको बिग ब्यास लिग (बिबीएल) टी २० क्रिकेटमा मोटो रकम लिएर होबार्ट हुरिकेन्सबाट खेल्ने सम्भावना रहेको छ । सन्दीपले यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए । यस सिजनका लागि स्टार्सले सन्दीपलाई रिटेन गरेको छैन र सन्दीपले नयाँ टिमबाटै लिग खेल्ने पक्का नै छ । तर कुन टिमबाट खेल्ने अन्तिम निर्णय भने हुन बाँकी छ ।

अष्ट्रेलियन अनलाइन क्रिकेट डट कम डट एयु ले सन्दीपको नाम होबार्टसंग जोडिएको जनाएको छ । होबर्टमा उनि कति रकममा जान लागेको स्पष्ट जानकारी त छैन तर यसपटक उनले मंहगो रकम पाउने अनुमान गरिएको छ । स्टार्सले अफगानिस्तानका जाहिर खानलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि जोनी बेयर्स्टोव र निकोलस पुरनलाई स्टार्सले अनुबन्ध गरिसकेको छ । यस सिजन बीबीएलमा हरेक टिमले तीन विदेशी खेलाडी एकै पटक खेलाउन पाउने नयाँ नियम रहेको छ ।

उता होबार्ट भने अफगानिस्तानका अर्का स्पीनर क्वाइस अहेमदको विकल्प खोज्दैछ । क्वाइस यस सिजन बीबीएलमा उपलब्ध हुने छैनन् । ‘सन्दीप होबर्टसँग जोडिएका छन् । होबर्ट केइस अहमेदलाई बिस्थापित गर्त स्पिनर खोजिरहेको छ । जो यस बीबीएलमा उपलब्ध हुने छैनन्,’ क्रिकेट अष्ट्रेलियाले आफ्नो वेबसाइटमा लेखेको छ । यस अघि डेलीमेलले समेत सन्दीपले होबार्टबाट खेल्ने बताएको थियो । सन्दीपका व्यवस्थापकमा रुपमा रहेका रमन शिवाकोटीले यसअघि नै सन्दीपले नयाँ टिमबाट बीबीएल खेल्ने बताएका थिए ।

सन्दीपको पूर्व टोली स्टार्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको हुनाले सन्दीपले खेल्ने नयाँ टिम होबार्ट हुने सम्भावना भएको हो । स्टार्सले अफगानिस्तानका जाहिर खानलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि जोनी बेयर्स्टोव र निकोलस पुरनलाई स्टार्सले अनुबन्ध गरिसकेको छ । यस सिजन बीबीएलमा हरेक टिमले तीन विदेशी खेलाडी एकै पटक खेलाउन पाउने नयाँ नियम रहेको छ ।

उता होबार्ट भने अफगानिस्तानका अर्का स्पीनर काइस अहमदको विकल्प खोज्दैछ । काइस यस सिजन बीबीएलमा उपलब्ध हुने छैनन् । अस्ट्रेलियन क्रिकेट मिडियाले सन्दीपको नाम होबार्टसँग जोडिएको बताउँदै आएको छ । होबार्टले काइसको विकल्प खोजिरहेको हुनाले सन्दीपले उक्त टिमबाट मौका पाउन सक्ने सम्भावना छ । होबार्टले यस सिजनका लागि विदेशी खेलाडीको रुपमा इंग्ल्याण्डका डेविड मालान र वेष्ट इन्डिजका किमो पाउललाई अनुबन्ध गरिसकेको छ र आफ्नो अन्तिम विदेशी खेलाडी बिहीबार सार्वजनिक गर्दैछ । बीबीएल डिसेम्बर १० देखि शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *