लन्डनमा गायक केसीले गरे आत्मह’त्या

लन्डनमा गायक केसीले गरे आत्मह’त्या

लन्डन: बेलायतमा नेपाली कलाकार बद्री केसीले आत्मह’त्या गरेका छन्। केही वर्षदेखि बेलायत बस्दै आएका केसीकाे श’व रुखमा झु’न्डिएको अवस्थामा शनिबार बिहान फेला परेको हाे ।

आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको श’व लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झु’न्डिएको अवस्थामा भेटिएको थियो।

केसीका सहकर्मी थपलियाका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको श’व शनिबार मात्रै फेला परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *