भारत विरुद्धको टेष्टमा स्मिथले बनाए यस्ताे रेकर्ड

भारत विरुद्धको टेष्टमा स्मिथले बनाए यस्ताे रेकर्ड

काठमाडौं : भारत विरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियन क्रिकेटका स्टिभ स्मिथले नयाँ किर्तिमान बनाएका छन् । उनले भारतविरुद्ध २५ इनिङ्समा ८ टेष्ट शतक बनाउदै  कम पारीमा सतक बनाउने खेलाडीकाे कीर्तिमान बनाएका हुन् । याेसँगै स्मिथकाे टेष्ट क्रिकेटमा २७ औं शतक पुगेकाे छ ।

बोर्डर गावास्कर ट्रफी अन्तर्गत भारत विरुद्धको तेस्रो टेष्टको दोस्रो दिन स्मिथले शतक प्रहार गर्दै टेष्ट शतक संख्या २७ पुर्‍याएका हुन् । स्मिथको १३१ रन अनि  मार्नुस लाबुसचेनको ९१ रन मद्दतमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ३३८ रन बनाएको छ ।

भारतका लागि रविन्द्र जडेजाले ४, जसप्रित बुमराह र नवदीप सैनीले समान २ विकेट लिए ।  अहिले क्रिकेट खेलिरहेका खेलाडीमध्ये सर्वाधिक टेष्ट प्रहार गर्ने भारतका विराट कोहलीसँग स्मिथले बराबरी गरेका छन् । दुवैको २७ टेष्ट शतक पुगेको छ ।

यस्तै अष्ट्रेलियाका लागि भने सर्वाधिक शतक प्रहार गर्नेमा स्मिथ छैटौं स्थानमा छन् । अष्ट्रेलियाका लागि रिक्की पोन्टिङले सर्वाधिक ४१ शतक प्रहार गरेका छन् । यस्तै स्टिभ वाले ३२, म्याथ्यु हेडनले ३०, डन ब्राडम्यानले २९ र माइकल क्लार्कले २८ शतक प्रहार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *