‘कुली नं १’ ले तोड्यो झुर फिल्मको रेकर्ड, यी फ्लप फिल्मसँग गरियो तुलना

‘कुली नं १’ ले तोड्यो झुर फिल्मको रेकर्ड, यी फ्लप फिल्मसँग गरियो तुलना

वरुण धवन र सारा अली खानको फिल्म ‘कुली नं १’ लाई दर्शकहरूले इतिहासकै झुर फिल्म बताएका छन्। फिल्म समीक्षकहरूबाट पनि फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेन।

औसत रूपमा हेर्दा फिल्ममा त्यो खास चिज भेटिएन जुन गोविन्दा र करिश्माको ओरिजनल ‘कुली नं १’ मा थियो। सन् १९९५ मा आएको फिल्म ‘कुली नं १’ को रिमेकका रूपमा यो फिल्म आएको हो। दर्शकहरूले यस कमेडि फिल्मको रिमेकलाई झुर फिल्म बताउँदै निकै कम अंक दिएका छन्। यसैकारण फिल्मले IMDB मा निकै कम अंक पाएर सबैभन्दा खराब, फ्लप फिल्म साबित भएको छ।

स्रोतअनुसार, ‘कुली नं १’ फिल्मले सलमान खान र बबी देओल स्टारर फिल्म ‘रेस ३’ को भन्दा पनि कम अंक पाएको छ। दर्शक र समीक्षकहरूको प्रतिक्रियाका आधारमा IMDB ले ‘कुली नं १’ फिल्मलाई १.३ अंक दिएको छ। र यो अंक सलमानको फ्लप फिल्म ‘रेस ३’को भन्दा कम अंक हो। IMDB मा ‘रेस ३’ले १.९ अंक प्राप्त गरेको छ। र यो सबैभन्दा थोरै नं मानिएको थियो।

यसैगरी ‘कुली नं १’ ले अजय देवगनको ‘हिम्मतवाला’ फिल्मले भन्दा कम अंक पाएको छ। IMDB मा ‘हिम्मतवाला’ फिल्मले १.७ अंक प्राप्त गरेर सुपर फ्लप फिल्मको लिस्टमा सामेल भएको थियो।

यतिबेला दर्शकहरूले ‘कुली नं १’ फिल्मलाई ‘रेस ३ र हिम्मतवाला’जस्ता फ्लप फिल्मसँग तुलना गरेर इतिहासकै सबैभन्दा झुर फिल्म बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *