चर्चित भारतीय डान्सर अस्ताद देबुको नि’धन

चर्चित भारतीय डान्सर अस्ताद देबुको नि’धन

मुम्बई : प्रख्यात भारतिय डान्सर अस्ताद देबुका नि’धन भएको छ । केही समयदेखि बिरामी रहेका देबुको ७३ बर्षको उमेरमा नि’धन भएको उनको परिवार श्रोतले बताएको छ ।

देबुका जन्म १३ जुलाई १९४७ मा भएको थियो । उनले पुरानो र आधुनिक शैली मिलाएर नृत्यको एक नयाँ शैली तयार गरेका थिए । ७० बढी देशमा उनले एकल, सामुहिक र युगल नृत्य प्रस्तुति दिएका छन् । नृत्यको क्षेत्रमा योगदानको कारण उनलाई १९९५मा ‘संगीत नाटक अकादमी’ पुरस्कार दिइएको थियो । २००७मा उनलाई ‘पद्यश्री’बाट पनि सम्मान गरिएको थियो ।

उनले बलिउड फिल्म निर्देशक मणिरत्नम, विशाल भारद्धजका फिल्म तथा एमएफ हुसैनकी फिल्म ‘मीनाक्षी ः ए टेल अफ थ्री सिटीज’मा कोरियोग्राफी गरेका थिए । नृत्यका कारण देबुले हजारौ फ्यान तथा साथीको दिलमा स्थान बनाएका थिए । शास्त्रीय र आधुनिक नृत्यका लागि उनको नि’धन ठुलो क्ष’ति हो ।

Leave a Reply