आदित्यले पत्नीलाई किस गर्दा नेहाले यस्तो कमेन्ट गरिन्…

आदित्यले पत्नीलाई किस गर्दा नेहाले यस्तो कमेन्ट गरिन्…

गायक तथा टिभी होस्ट आदित्यनारायण बिहेको बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धलाई आदित्य र स्वेता अग्रवालले १ डिसेम्बरका दिन बिहेमा परिणत गरेका हुन्। यसपछि सामाजिक सञ्जालहरूमा आदित्य र स्वेताका कैयौं फोटोहरू भाइरल भए। तीमध्ये एउटा फोटो यस्तो छ, जसमा आदित्य आफ्नी पत्नी स्वेतालाई किस गरिरहेका छन्।

आदित्य आफैले उक्त फोटोलाई इन्स्टाग्राममा सेयर गरेका हुन्। फोटोको क्याप्सनमा आदित्य लेख्छन्, “म तिमीलाई खोज्ने छु र म तिमीसँग बिहे गर्ने छु।” फोटोमा स्वेतालाई लजाउँदै मुस्कुराइरहेको देख्न सकिन्छ।

रमाइलो कुरा त के छ भने यो फोटोमा गायिका नेहा कक्करले प्रतिक्रिया जनाएकी छन्। नेहा लेख्छिन्, “निकै सुन्दर! बधाइ।”

भारतीय चर्चित गायन रियालिटी शो इन्डियन आइडलमा गत वर्ष नेहा र आदित्यको झुटो बिहे भएको थियो। त्यस समय त्यो झुटो बिहेले निकै चर्चा पाएको थियो। सो नक्कली बिहेपछि नेहा र आदित्य प्रेममा रहेको खबर यत्रतत्र बाहिरियो तर हालै दुबैले फरक मान्छेसँग बिहे गरेर त्यो खबरलाई झुटो साबित गरिदिएका छन्।

Leave a Reply