वानडे सिरिज गुमाएको भारतले पहिलो टी-२० खेलमा अष्ट्रेलियालाई हरायो

वानडे सिरिज गुमाएको भारतले पहिलो टी-२० खेलमा अष्ट्रेलियालाई हरायो

अष्ट्रेलियासँग वानडे सिरिज गुमाएकाे भारतले टी-२०  सिरिजमा विजयी सुरुवात गरेकाे छ । वानडे सिरिज  २-१ ले गुमाएको भ्रमण टाेली भारतले टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई  ११ रनले पराजित गरेकाे हाे ।

भारतले दिएकाे १ सय ६२ रनको लक्ष्य पछ्याएकाे अष्ट्रेलियाले निर्धारित  २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्याे । जसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए । त्यस्तै डाअर्सी शर्टले ३४,  मोइसेस हेनरिक्सले  ३०, स्टिभ स्मिथले १२, सीन एबटले १२ रन बनाए भने  ग्लेन म्याक्सवेल २ रनमा आउट भए । बलिंग तर्फ भारतका टी-२० अन्तर्राष्ट्रिय डेब्यू गरेका टी नटराजन ३ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिएका हुन् । त्यस्तै युजेन्द्र चहलले पनि ३ विकेट लिए भने दीपक चहरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि विकेटकिपर केएल राहुलले सर्वाधिक ५१ रन बनाए । त्यस्तै अलराउन्डर रवीन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै २३ बलमा एक छक्का र पाँच चौकासहित अविजित ४४ रन बनाए । त्यस्तै सञ्जु सामसनले २३, हार्दिक पाण्ड्याले १६, कप्तान विराट कोहलीले ९, वासिङटन सुन्दरले ७, मनिष पाण्डेले २ र शिखर धवनले १ रन बनाए । बलिङमा मोइसेस हेनरिक्सले ३, मिचेल स्टार्कले २, मिचेल स्वीपसेन र एडम जम्पाले एक/एक विकेट लिए ।

अष्ट्रेलियाको प्लेइङ-११ : आरोन फिन्च (कप्तान), डाअर्सी शर्ट, म्याथ्यू वेड, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मोइसेस हेनरिक्स, सीन एबट, मिचेल स्टार्क, मिचेल स्वीपसन, एडम जम्पा र जोश हेजलवुड ।

भारतको प्लेइङ-११ : शिखर धवन, केएल राहुल (विकेटकीपर), विराट कोहली (कप्तान), मनिष पाण्डे, सञ्जु सामसन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, दीपक चाहर, मोहम्मद शामी र टी नटराजन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *