आमाका गहना धरौटी राखेर पढेका तेज बहादुर करोडपति बन्दै….

आमाका गहना धरौटी राखेर पढेका तेज बहादुर करोडपति बन्दै….

भारतको चर्चित टेलिभिजन कार्यक्रम कौन बनेगा करोड़पति १२औ सिजन चलिरहको छ । जारी सिजनमा हालसम्म तीन जना प्रतिस्पर्धीले सफलता हात पारी सकेका छन्।

नाजिया नसीम,मोहिता कुमार (इपिएस अफिसर) र अनुपा दास पछि अहिले केबिसी को हट सिटमा बसेका तेज बहादुर सिंहले पचास लाख आफ्नो नाम गरिसकेका छन। तेज बहादुर एक किसान परिवारका सदस्य हुन। पढाइको लागि आमाका कानका गहना सम्म धरौटी राख्नु परेको उनको कथा छ ।

IAS बन्ने सपना बोकेका तेज बहादुर र उनकी आमाको संघर्ष निकै प्रेरणादायी छ। उनी भन्छन जितेको रकमले आफ्ना हर सपना पूरा गर्छु। कार्यक्रमको प्रोमोमा तेजले पच्चीस, र पचास लाखका प्रश्नहरूको सहि जवाफ दिइसकेको देखाइएकोछ । साथै अमिताभ अन्तिम एक करोडको प्रश्न पनि सोध्छन्, र त्यस्तै तेज पनि उत्तर दिन्छन् । अब कुरा यो छ कि, के उनी सिजनको चौथो करोड पति बनलान त?

Leave a Reply