एन्फाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलायो, को-को परे हेर्नुस्

एन्फाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलायो,  को-को परे हेर्नुस्

क्रिक्रेट पछि राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ । कोरोना भाइरसको कारण लामो समयदेखि प्रशिक्षण बाहिर रहेका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । जसमा गत महिना बंगलादेश संग भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी ३४ जना खेलाडी र २४ जना नयाँ खेलाडीसमेत रहेका छन् ।

कप्तान विराज महर्जन, आदित्य चौधरी, विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी पनि बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । सन् २०२२ मा हुने फिफा विश्वकप र २०२३ मा हुने एएफसी एसियन कपको छनोटको लागि लामो तयारी गर्न एन्फाले धेरै खेलाडीलाई क्याम्पमा बोलाएको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु

गोलकिपर: किरण कुमार लिम्बु, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बु ।

डिफेण्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ। निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रञ्जदिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन मोक्तान र रोहित चन्द ।

मिडफिल्डर :सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापा मगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई र नितिन थापा ।

फरवार्ड :  विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट ,राजिव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ ।

Leave a Reply