रचना र शनिको स्वरमा ‘कम्मरैमा खुर्पेटो’ (भिडियो हेर्नुहोस् )

रचना र शनिको स्वरमा ‘कम्मरैमा खुर्पेटो’ (भिडियो हेर्नुहोस् )

काठमाडौं : शनी विश्वकर्मा र रचना रिमालको स्वरमा नयाँ गीत ‘कम्मरैमा खुर्पेटो’ सार्वजनिक भएको छ । आएमई नेपाल लोक स्टार बिजेता शनी  र नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचनाको स्वरमा रहेको ‘कम्मरैमा खुर्पेटो’  बीबी अनुरागी युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

‘कम्मरैमा खुर्पेटो’मा रचना र संगीत संगीतकार बि.बि अनुरागीको रहेको छ  । भिडियोमा सनी, रचना र बिबि लगायतलाई देख्न सकिन्छ । मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् ।

पहिलो आएमई लोक स्टारको विजेता शनी विश्वकर्माले गाएको ‘झुम्का झलक्कै’ लाई श्रोताहरुले निकै रुचाएका छन् भने रचना रिमालको आवाजमा रहेका थुप्रै गीतलाई श्रोताले निकै रुचाएका छन् । रचना पछिल्लो समयकी निकै व्यस्त गायिका पनि हुन्  ।

Leave a Reply