अष्ट्रेलियाले दियाे भारतलाई ३७५ रनको विशाल लक्ष्य

अष्ट्रेलियाले दियाे भारतलाई ३७५ रनको विशाल लक्ष्य
SYDNEY, AUSTRALIA - NOVEMBER 27: Steve Smith of Australia celebrates after reaching his century during game one of the One Day International series between Australia and India at Sydney Cricket Ground on November 27, 2020 in Sydney, Australia. (Photo by Ryan Pierse/Getty Images)

भारतसँगकाे ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजअन्तर्गत पहिलाे खेलमा अस्ट्रेलियाले ३७५ रनको विशाल लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउण्डमा भ्रमण टाेलीविरूद्ध  टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३७४ रन बनाएको हो ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ११४ रन बनाए भने  स्टिभ स्मिथले ६२ बलमा शतक पुरा गर्दै १०५ रन बनाए । त्यस्तै डेविड वार्नरले ६९ रन, ग्लेन म्याक्सवेलले ४५ रन,  एलेक्स केरीले १७ र पाट कमिन्सले अविजित १ रन बनाए । बलिङतर्फ भारतका मोहमद सामीले सर्वाधिक ३ विकेट लिए भने  जसप्रित बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले समान १/१ विकेट लिए ।

अस्ट्रेलिया : आरोन फिंच ( कप्तान ) , डेभिड वार्नर , स्टिभ स्मिथ, मार्कस स्टोइनिस, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी( विकेटकिपर ) , प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड

भारत:  शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर) हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शामी, नवदीप सैनी, जसप्रीत बुमराह र युजवेन्द्र चहल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *