आइपिएलको नयाँ संस्करण ४ महिनापछि ,सन्दीपको सम्भावना कति?

आइपिएलको नयाँ संस्करण ४ महिनापछि ,सन्दीपको सम्भावना कति?

काठमाडौं :  १३औं सिजनको आईपीएल समाप्तीसँगै बीसीसीआईले १४औं सिजनको तयारी सुरु गरेको जनाइएको छ । बीसीसीआईले यस बारे कुनै आधिकारिक घोषणा गरेको छैन। तर, जनवरी/फेब्रुअरीको बीचमा गर्ने र मार्च अन्तिममा आईपीएलको नयाँ सिजन सुरु गर्ने योजना बिसीसीआईले बनाइरहेको बताइएको छ।

द हिन्दुमा प्रकाशित रिपोर्टअनुसार बोर्डले अर्को सिजनको आईपीएलमा थप एक नयाँ टोली समावेश गर्ने योजना बनाएको छ । यसका लागि आईपीएल २०२१ पूर्व पूर्ण अक्सनको हुनेछ । जसका लागि यसअघि नै घोषणा गरिएको छ । २००८ मा सुरु भएको आईपीएलका तीन सिजनमा आठभन्दा बढी टिम थिए ।

त्यस्तै १४औं सिजनमा पनि बीसीसीआई प्रतियोगिताअघि नवौं टोली समावेश गर्न चाहेको जनाइएको छ । रिपोर्टअनुसार बोर्डले फ्रेन्चाइजीलाई अनौपचारिक रूपमा संकेत दिइसकेको उल्लेख गरिएको छ । आईपीएलमा नवौं टोलीलाई समावेश गर्ने बीसीसीआईको यस कदमलाई महामारीबीच भएको आर्थिक नोक्सानको भरपाई गर्ने योजनासँग व्याख्या गरिएको छ ।

बीसीसीआइले सिजनभन्दा पहिले मेगा अक्सन गराउन सक्छ । आइपिएलको गभर्निङ काउन्सिलले यस विषयमा निर्णय गर्नको लागि बैठक नराखेकोले यसको पुष्टि भइसकेको छैन । फ्रेन्चाइजीहरुसँग भने यसबारेमा कुरा गरिएको छ ।

मार्चको अन्त्यमा नयाँ सिजन सुरु हुन सक्छ । फ्रेन्चाइजीका अधिकारीले भने ‘बीसीसीआइले हामीलाई अक्सनको तयारी सुरु गर्न भनेको छ । उहाँहरुले आधिकारिक रुपमा भन्नुभएको छैन तर उहाँहरु यसको तयारीमा हुनुहुन्छ ।’ यसका साथै एक नयाँ फ्रेन्चाइजी पनि जोड्ने तयारी छ ।

सन्दिपको भबिष्य !

दिल्लीसँग सन्दिपक तिन बर्षे करार समाप्त भएको छ । सन्दीपले आगामी सिजनको आइपिएल टिममा स्थान बनाउन अब अक्सनबाट छानिनु पर्ने हुन्छ। सम्झौताको अन्तिम सिजनमा खेल्न नपाउँदा सन्दीपको आगामी सिजनमा आइपिएल यात्रा पनि अनिश्चित बनेको छ।

आगामी सिजनको आइपिएलमा अक्सनबाट छानिनका लागि सन्दीपका लागि अर्को महिना हुने अस्ट्रेलियाको बिग ब्यास लिग महत्वपूर्ण हुने देखिन्छ। सन् २०१८ मा दिल्लीमा आवद्ध भएका सन्दीपले सो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। त्यतिबेला दिल्ली प्लेअफ दौडबाट बाहिरिसकेको अवस्था थियो। कतिपयले सन्दीपलाई महत्वपूर्ण खेल नभएकाले स्थान दिएको विश्लेषण गरेका थिए।

२०१९ को सिजन भने सन्दीपले ६ खेल खेलमा मौका पाए। तर एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन पनि नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो। सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। कुनै पनि खेलमा मौका नपाउँदा २०२० सिजनमा भने सन्दीपका लागि बिर्सनलायक बन्यो। ताजाखबरबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *