आलियासँगको सम्बन्ध बारे रनवीरकाे खुलासा….

आलियासँगको सम्बन्ध बारे रनवीरकाे खुलासा….

बलिउड नायक रनवीर कपुर र नायिका आलिया भट्टको सम्बन्धले बेलाबेलामा बलिउड तात्ने गर्दछ। करिब दुई वर्षदेखि यी दुई प्रेममा छन्। यो जोडीलाई बलिउडमा निकै रुचाइन्छ र फ्यानहरूले पनि मन पराएका छन्।

आलियाले थुप्रैपटक प्रत्यक्ष होस् वा अप्रत्यक्ष रूपमा कहिले सार्वजनिक समारोहमा त कहिले सामाजिक सञ्जालमा रनवीरसँगको आफ्नो प्रेम देखाएकी छन्। तर रनवीरले आलियासँगको आफ्नो सम्बन्धका बारेमा कहिल्यै खुलेर कुरा गरेनन्। मिडियाले आलियासँग जोडेर प्रश्न गरेमा रनवीरले जहिल्यै चलाकीपूर्ण तरिकाले कुरालाई अन्तै मोड्ने गरेका छन्। तर यसपटक भने रनवीरले आलियाको बारेमा प्रतिक्रिया दिएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार, रनवीर कसरी आलियाको प्रेममा परे भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्, “म मेरो र आलियाको बारेमा कुरा गर्न चाहन्छ। मलाई आलियासँग बिताउने थोरै समय चाहिन्छ। सास फेर्न समय चाहिन्छ। आलियासँग जोडिँदाको समय निकै नै उत्साहपूर्ण थियो। आलिया निकै नै मिहिनेती व्यक्ति हुन्, उनले स्क्रिनमा अथवा वास्तविक जीवनमा मिहिनेतका गरेको काम साँच्चिकै सराहनीय छ। मेरो लागि उनी प्रेरणा हुन्।”

रनवीरका अनुसार, उनी पहिलेभन्दा अहिले राम्रो मान्छे बनेका छन्। उनको जिन्दगी अहिले सन्तुलनमा छ। उनले सम्बन्धलाई सबैभन्दा धेरै महत्त्व दिन थालेका छन्। रनवीर र आलियाको `ब्रम्हास्त्र´ फिल्म प्रदर्शननको तयारीमा छ।

Leave a Reply