१ बर्ष थपियाे नेपालको अन्तराष्ट्रिय वनडे मान्यता

१ बर्ष थपियाे नेपालको अन्तराष्ट्रिय वनडे मान्यता

काठमाण्डौ : नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक बर्ष थपिएकाे छ । २०१८ मा ४ बर्षका लागि पाएकाे एकदिवसीय अन्तराष्ट्रिय मान्यता सन् २०२३ सम्म रहने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले कोरोना माहामारीका कारण विश्वकप छनोटका खेलको तालिका प्रभावित भएको भन्दै वहाल रहेका राष्ट्रको मान्यता एक बर्ष थप गर्ने भएको हो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आईसीसीले सबै वन डे मान्यता प्राप्त राष्ट्रको हकमा लागु हुने गरी एक बर्षको समयाबधी थप गर्ने जनाएको हो । सन् २०१८ मार्च १५ मा नेपालले विश्वकप छनौट प्रतियोगिताको पहिलो प्ले अफ खेल जिते पश्चात एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

४ बर्षका लागि पाएको मान्यता सन् २०२२ मा सकिने थियो । तर आईसीसीले आफ्नो नियममा केहि परिवर्तन गर्दै विश्वकप छनोटका खेलहरु प्रभावित भएकाले समयाबधी एक बर्ष लम्ब्याएको हो । नेपालले आईसीसीको एसोसिएट सदस्य बनेको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । एकदिवसीय राष्ट्रको मान्यतापछि नेपालले कुल ६ खेल मात्र खेलेको छ । जसमा ३ जित र समान हारको नतिजा निस्किएको छ ।

या पनि : नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई हिजो बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो ।

परिमार्जन भएको वर्गीकरणमा बलर सोमपाल कामी ‘ए’ श्रेणीमा परेका छन् । यसअघि उनी ‘बी’ श्रेणीमा परेका थिए । यस्तै सी मा रहेका अविनास बोहरालाई ‘बी’ मा राखिएको छ । यसअघि सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ मा राखिएको छ ।

महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राखिएको छ । यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

पुरुषतर्फ ‘ए’ श्रेणीको खेलाडीले ५० हजार, ‘बी’ श्रेणीको खेलाडीले ४० हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् । महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, बीमा पर्नेले १२ हजार र ‘सी’ श्रेणीका खेलाडीले १० हजार रुपैयाँ मासिक तलब पाउने छन् । क्यानले यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने जनाएको छ ।

Leave a Reply