विमोचना लम्जेलको आवाजमा ‘सपना मेरो’ (भिडियोसहित)

विमोचना लम्जेलको आवाजमा ‘सपना मेरो’ (भिडियोसहित)

काठमाडौं : चर्चित रियालिटि शाे ‘द भ्वाइस अफ नेपाल’बाट सबैकाे मन जित्न सफल गायिका विमोचना लम्जेलको नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन्। गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका सुपरिचित संगीतकार र गितारवादक अनित थापाको रहेको छ।

दार्जिलिङमा रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो। म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ। अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी बिमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लम्जेलले सम्पुर्ण दर्शक स्रोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्।

Leave a Reply