कौवा बिरयानी खाएर लोकप्रिय बनेका यी कलाकारलाई पुलिसले समात्यो

कौवा बिरयानी खाएर लोकप्रिय बनेका यी कलाकारलाई पुलिसले समात्यो

फिल्म `रन´ को कौवा बिरयानी खाने सिनबाट लोकप्रियता कमाएका हास्यअभिनेता विजय राजलाई पुलिसले गि’रफ्तार गरेको छ।

नवभारत टाइम्सको रिपोर्टअनुसार अभिनेतालाई पुलिसले महाराष्ट्रको गुँदिया भन्ने ठाउँबाट गि’रफ्तार गरेको हो। कथित तौरमा विजय राजमाथि सुटिङ सेटमा महिला कलाकारलाई दु’र्वव्यवहार गरेको आ’रोप लागेको छ।

स्रोतअनुसार, अभिनेतामाथि आइपिसीको धारा ३५४ अनुसार के’स दर्ता भएको छ। विजय राज आफ्नो टिमको साथमा मध्यप्रदेशको बालाघाट आफ्नो आगामी फिल्म `शेरनी´को शुटिङ्गमा पुगेका थिए। ती महिलाको गुनासोलाई मध्यनजर गर्दै सोमबार अबेर राति रामनगर पुलिस स्टेसनमा मामिला दर्ता भएको र मंगलबार बिहान अभिनेतालाई गि’रफ्तार गरिएको स्रोतले बताएको छ।

यद्यपी नवभारत टाइम्सका अनुसार, गि’रफ्तारीको केही समयमै अभिनेता जमानतमा रि’हा भएका थिए। विजय राजलाई यसभन्दा अघि २००५ मा दुबईमा ड्र’ग्स राखेको आरोपमा पुलिसले हि’रासतमा लिएको थियो। विजय राज हिन्दी सिनेमाका चर्चित हास्यअभिनेता हुन्।

Leave a Reply