सञ्‍जय दत्त पहिलोपटक क्यानसरसँगको लडाइँबारे बोले

सञ्‍जय दत्त पहिलोपटक क्यानसरसँगको लडाइँबारे बोले

काठमाडौँ :  बलिउड अभिनेता सञ्‍जय दत्त पहिलोपटक क्या’नसरसँगको आफ्नो लडाइँबारे खुलेर बाहिर बोलेका छन्।

सेलिब्रिटी हेयरस्टाइल अलिम हकिमले बुधबार सामाजिक संजाल इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेका छन्, जसमा सञ्‍जयले भने “म चाँडै क्यान्सर मुक्त हुनेछु। ” उनी केजीएफ २ का लागि नयाँ हेयरस्टाइल र दाह्री बनाउन सैलुन गएका पनि बताए। उनले सैलुनको प्रमोसन गर्दै-गर्दा क्यान्सरबारे बोलेका हुन्।

उनले आफ्नो निधारमा भएको आलो घाउलाई देखाउँदै भन्छन्, “तपाईले देखिरहनुभएको यो दाग भर्खरैको हो, तर म यसलाई हराउछु। म चाँडै क्यान्सरमुक्त हुनेछु । ”उनलाइ साथ दिदैं अलिम हकिमले पनि तपाईं बलियो मान्छे हो भन्दै अङ्गालो मारे।

लकडाउनपछि पुनः काममा फर्किन पाएकामा उनले खुसी पनि व्यक्त गरे। नोभेम्बरदेखि केजीएफ २ को छायांकन सुरु हुने जानकारी पनि सञ्‍जयले भिडियोमा जानकारी दिए।

क्यान्सर पत्ता लागेपछि अगस्टमा सञ्‍जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए। उनी फोक्सो क्यानसरको तेस्रो चरणमा रहेको बताइएको छ। आजबाट उनले चलचित्रकै पात्र काल शम्सेराको डबिङ पनि सुरु गरेका छन् । – इन्डियन एक्सप्रेस

Leave a Reply