अभिनेत्री स्वेता तिवारीमाथि लाग्याे यस्तो आरोप

अभिनेत्री स्वेता तिवारीमाथि लाग्याे यस्तो आरोप

भारतीय अभिनेत्री स्वेता तिवारी भारतमा मात्र होइन नेपालमा पनि परिचित नाम हो। केही वर्ष पहिले स्वेता नायक निखिल उप्रेतीसँग नेपाली फिल्म `त्रिनेत्र´ मा देखिएकी थिइन्। त्यसपछि उनले भारतमै आफ्नो भविष्य बनाइन्। विभिन्न रियालिटी शो तथा सिरियलहरूमा अभिनय गरेर स्वेताले सबैको मनमा राज गर्दै नाम कमाएकी छन्।

यतिबेला स्वेतामाथि एक व्यक्तिले आफूलाई तलब नदिएको आरोप लगाएका छन्। राजेश पाण्डे नामका व्यक्तिले आफू स्वेताको अभिनय स्कुलमा काम गर्ने र मासिक तलब ४०,००० रहेको तर कोरोना महामारीको समयमा स्वेताले तलब दिन आनाकानी गरेको आरोप लगाएका छन्। स्वेतासँग राजेशले लिनुपर्ने जम्मा रकम ५२,००० रहेको तर स्वेताले सो रकम दिन नमानेको भन्दै ती व्यक्तिले आरोप लगाएका हुन्।

तर स्वेताले सो आरोपको खण्डन गरेकी छन्। आफूले आफ्ना कर्मचारीलाई समयमै तलब दिएको जानकारी गराएकी छन्। क्षणिक चर्चाका लागि ती व्यक्तिले आफ्नो नाम लिएर बदनाम गरेको आ’रोप स्वेताले लगाएकी छन्।

Leave a Reply