देशभर थप ३७४९ जनामा देखियाे काेराेना

देशभर थप ३७४९ जनामा देखियाे काेराेना

अद्यावधिक विवरण अनुसार बिहिबार नेपालमा ३७४९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३७४९जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या  १ लाख २१ हजार ७४५  पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बुधबार मात्रै २६३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३६ हजार ५३३ रहेकाे छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ५६४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *