चर्चित नायिका जुही चावलाका छाेराछाेरीले किन हेर्दैनन् आमाको फिल्म? कारण यस्तो…

चर्चित नायिका जुही चावलाका छाेराछाेरीले किन हेर्दैनन् आमाको फिल्म? कारण यस्तो…

बलिउड अभिनेत्री जुही चावला ९० को दशककी अत्याधिक लोकप्रिय एवम् सफल नायिकाहरूमध्येकी एक हुन्। एक समयमा उनका सबैजसो फिल्मले बलिउडमा तहल्का पिट्दै बल्कबस्टर हिट हुन्थे। आज पनि फिल्महरूमा उनको सानो भूमिका महत्त्वपूर्ण हुने गर्दछ।

हालै एउटा मिडियासँग गरेको कुराकानीमा जुहीले आफ्नो फिल्मी जीवनसँग जोडिएका केही पारिवारिक कुरा गरेकी छन्। आफ्ना बच्चा जाह्नवी र अर्जुनलाई उनको फिल्म हेर्न सरम लाग्ने गरेको र हेर्न नमानेको कुरा जुहीले बताएकी छन्।

जुही भन्छिन्, “मैले सुरुवाती दिनमा गरेको काम मेरा बच्चाहरूलाई मन पर्दैन। मैले पहिलेका फिल्महरूमा रोमान्स गरेको हेर्न आजभोलि बच्चाहरूले चाहन्नन्। उनीहरूलाई मेरो फिल्म हेर्न लज्जा महसुस हुन्छ। मैले मेरा केही फिल्महरू देखाउने कोसिस गरेँ तर बच्चाहरूले कहिल्यै उनको फिल्म हेर्न नचाहेको बताए।”

Leave a Reply