कम पढेका बलिउड नायिकाहरू, जो सफलताको शिखरमा पुगे

कम पढेका बलिउड नायिकाहरू, जो सफलताको शिखरमा पुगे

कमल प्रसाद भण्डारी : आजको जमानामा कम पढेका मान्छेलाई महत्त्व पनि कम दिइन्छ। वा यसो भनौँ पढाइले नै मान्छेको स्थान निर्धारण गर्दछ। कुनै पनि कार्य सुरु गरेर त्यसमा सफल हुनका निम्ति मान्छेलाई पढाइ तथा ज्ञान आवश्यक हुन्छ। त्यसैले त पढाइलाई सबथोक मानिन्छ।

अचेल हरेक क्षेत्रमा मानिससँग भएको अरू प्रतिभा गौण बनाएर उसको पढाइलाई मुख्य रूपमा हेरिन्छ। तर कतिपय स्थानमा ठूलो सफलता प्राप्त गरेका यस्ता मान्छे पनि छन् जसले कम पढाइका बाबजुद पनि आफ्नो अलग पहिचान बनाए।

उदाहरणका लागि बलिउडका केही नायिकाहरूलाई लिन सकिन्छ। बलिउडमा यस्ता नायिकाहरू पनि छन् जो सुन्दरता र अभिनयको मामिलामा त अगाडि छन् तर पढाइमा पछाडि परेका छन्। यी नायिकाहरूको पढाइ कम भएता पनि दुनियाँले चिन्छ, सम्मान गर्छ। आज हामी यस्तै कम पढेर पनि आफ्नो अलग पहिचान बनाउन सफल ५ बलिउड सुन्दरीहरूको चर्चा गर्दै छौँ।

१. करिश्मा कपुर
कपुर खानदानकी प्यारी चेली करिश्मा बलिउडकी टप हिरोइन हुन्। बलिउडमा ठूलो सफलता हात पारेकी यी नायिकाले ६ कक्षासम्मको मात्र अध्ययन गरेकी छन्। फिल्ममा आफ्नो करियर बनाउने होडमा करिश्माले बिचैमा आफ्नो पढाइलाई पूर्णविराम लगाएकी थिइन्।

२. प्रियंका चोपडा
प्रियंका बलिउडकी मात्र होइन हलिउडकी पनि स्टार हुन्। अन्तर्राष्ट्रिय जगतमै आफ्नो छुट्टै पहिचान बनाएर चर्चा कमाउन सफल यी नायिकाले पनि १२ सम्म मात्र पढेकी छन्। यिनले आफ्नो हाइस्कुलको पढाइ आधा युएसए र आधा इन्डियामा पूरा गरिन्। मिस वल्ड बलिसकेपछि फिल्ममा व्यस्त भएर यिनले अगाडि पढ्न सकिनन्।

३. दीपिका पाडुकोण
बलिउडकी अत्याधिक सफल नायिका मानिने दीपिका अहिले हरेक बलिउड प्रेमीको ढुकढुकी बनेकी छन्। आफ्नो करियरमा व्यस्त भएर यिनले पनि पढाइ पूरा गर्न सकिनन्। दीपिकाले १२ सम्म मात्र पढेकी छन्। मोडलिङमा प्रवेश गरेपछि दीपिकाले पढाइलाई समय दिन सकिनन्।

४. करिना कपुर
बलिउड बेबो करिना सानै उमेरमा बलिउड छिरेकी हुन्। बलिउडमा सफलता प्राप्त गर्दै गएपछि यिनले पढाइलाई गुड्बाई भन्नू परेको थियो। एक समयकी निकै रुचाइएकी नायिका करिनाले कानुन पढ्न चाहन्थिन् तर व्यस्तले आफ्नो पढाइ पूरा गर्न सकिनन्।

५. ऐश्वर्या राय बच्चन
विश्वकै सबैभन्दा सुन्दर महिला मानिने ऐश्वर्या रायले पनि १२ सम्म मात्र पढ्न पाइन्। फिल्ममा आफ्नो छुट्टै पहिचान बनाउनका निम्ति यी सुन्दरीले पढाइ छोनुपरेको थियो।

Leave a Reply