पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : शेखर कोइराला

पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : शेखर कोइराला
५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् ।

होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *