चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आ’त्मह’त्या

चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आ’त्मह’त्या

बलिउडका चर्चित अभिनेता सुशान्त शिह राजपुतले आ’त्मह’त्या गरेका छन् | मुम्बई बान्द्रा स्थित निजि निवासमा झु’ण्डिएर आत्मह’त्या गरेको बताइएको छ |

भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन सिंहले किन आ’त्मह’त्या गरे भन्ने बारेमा जानकारी आएको छैन । भारतीय सञ्चार माध्यमहरूका अनुसार डि’प्रेसनको उपचार गराइरहेका ३६ वर्षीय सुशान्त आफ्नै घरमा झु’ण्डिएको अवस्थामा भेटिएका थिए ।

भारतको बिहारमा जन्मिएका राजपुतले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपीक मूभी एमएस धोनीमा लिड रोलमा अभिनय गरेका छन् । जिन निकै रुचाइएको थिए । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।

त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए ।

उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *