गजल – हरिप्रकाश भण्डारी

गजल – हरिप्रकाश भण्डारी

मनभरी पिर रहेछ आखामा पानी रहेछ,
मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ।

हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौ,
हरेकबर्ष मृत्युले नजिक नजीक तानिरहेछ।

आफन्त जस्ता दुश्मन,दुस्सन जस्ता आफन्त ,
बुझ्नै मुस्किल तिमि अर्को जिन्दगानी रहेछ।

सुन्दर र कुरुप पनि , धनी र गरिब पनि
घमण्ड नगर अन्तमा हुने खरानी रहेछ।

हरिप्रकाश भण्डारी, बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *