कालिका टावरमा राप्रपाको छलफल : गाई कि हलो ?

कालिका टावरमा राप्रपाको छलफल : गाई कि हलो ?

राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार कालिका टावर, बालुवाटारमा बसेको छ । राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालयमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बतायो ।

राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन आयोगमा आˆनो दल दर्ता प्रक्रिया टुंगोमा पुर्‍याउन सकेको छैन ।

राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता हुनुअघि राप्रपात्रय अध्यक्षले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा चुनावचिन्ह ६ महिनाभित्र टुंग्याउने उल्लेख छ । तर, ६ महिना बितिसक्दा पनि चुनावचिन्ह के हुने भन्ने टुंगो लागेको छैन ।

यही विवादलाई टुंग्याउन राप्रपाको गतहप्ता बसेको बैठकले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी ६ सदस्यीय सुझाव समिति गठन गरेको थियो ।

राप्रपाका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि ६ सदस्यीय सुझाव समिति गठन गरेका थिए ।

समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्ऽ लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना संलग्न छन् ।

शनिबार बसेको ६ नेताहरुको बैठकमा विक्रम पाण्डेले एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्नुपर्ने बताएका थिए भने अर्का नेता राजेन्द्र लिङदेनले गाई राख्नुपर्ने बताएका थिए ।

शनिबारको बैठक सकारात्मकरुपमा सम्पन्न भएको आइतबार पुन बस्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *