रहेनन् बरिष्ठ लोकगायक लामा, जसले युवराज दिपेन्द्रलाई संगीत सिकाए (भिडियो)

रहेनन् बरिष्ठ लोकगायक लामा, जसले युवराज दिपेन्द्रलाई संगीत सिकाए (भिडियो)

वरिष्ठ लोकगायक जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ ।  बुधबार बिहान २ बजे चलचित्रको बैठकमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लड्दा टाउकोमा गहिरो चोट लागेर निधन भएको हो । 

पाँच दशकदेखि नेपालीले गीतसंगीतमा सक्रिय ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशकसमेत रहेका लामाको निधनको खबर आएसँगै सम्पूर्ण कलाप्रेमीले दुख ब्यक्त गरेका छन् । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा लामा भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए ।

लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

लामाले छक्कापञ्जा, मनको बाँधलगायत चलचित्रहरुमा अभिनय गरेका थिए । त्यस्तै लामाका २०६४ र २०६६ सालमा नेपाली संगीत वर्णमाला र संगीतको सिद्धान्त नामक पुस्तकसमेत प्रकाशित छन् । लामा नपाली लोकगीतको संकलन र अनुसन्धानका लागि लामो समय देशका कुनाकुनासम्म पुगेका थिए । लामा कुनै समय युवराज दिपेन्द्र र उनकी बहिनी श्रुतिका संगीत प्रशिक्षकसमेत थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *