टी-१० लिग: करणआवद्ध पुणेले गर्याे विजयी सुरुवात, यस्ताे रह्याे करणकाे प्रदर्शन

टी-१० लिग: करणआवद्ध पुणेले गर्याे विजयी सुरुवात, यस्ताे रह्याे करणकाे प्रदर्शन

काठमाडौं: युएइमा जारी चौथो संस्करणको आबुधाबी टी-१० लिगको दाेस्राे खेलमा खेलमा नेपाली खेलाडि करण केसीआवद्ध पुणे डेभिल्सले विजयी सुरुवात गरेकाे छ । बिहिबार भएकाे खेलमा डेक्कन क्लाडियटर्सलाइ ७ विकेटले पराजीत गर्दै पुणेले विजयी सुरुवात गरेकाे हाे । 

क्लाडियटर्सले दिएको १ सय ५ रनको लक्ष्य पुणेले १९.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।  उसका लागि केन्नर लुईसले सर्वाधिक ५७ रन बनाए भने चाडविक वाल्टनले १८, टमकाहलर क्याडमोरले १२, आसिफ खानले नटआउट ७ रन बनाए । बलिङमा सुनिल नारायण, रवि रामपउल र जाहूर खानले एक/एक विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङको मौका पाएको किरण पाेलार्डकाे कप्तानीमा रहेकाे ग्लाडियटर्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो । उसका लागि आजम खानले अविजित ३७, क्यामरन डेलपोर्टले २५, प्रशान्त गुप्ताले १७, रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा कप्तान नासिर हुसेनले तीन र मुनिस अन्सारीले दुई विकेट लिए ।

डेक्कनविरुद्ध पुणेबाट डेब्यू गरेका नेपाली खेलाडी करण केसी विकेटविहीन रहे । करणले बिनाविकेट १७ रन खर्चिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *