चन्द्रगिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँट हुने

चन्द्रगिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमााडौं : चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ यहि साताभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमई क्यापिटलले आइपीओ  शुक्रबार बाँडफाँट हुने जानकारी गराएको छ ।

क्यापिटलका अनुसार बुधबार प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ । यद्दपि, अन्तिम टुंगो भने लागिसकेको छैन । प्रि अलोटमेन्ट मंगलबार नै सक्ने तयारी गरिएको भएपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ क्लोजिङका कारण नभ्याइएको क्यापिटलले जानकारी गराएको छ ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता छुट्याएकाे थियाे । १० कित्ताका दरले १ लाख ३९ हजार ६०२ जना आवेदकले सेयर पाउने छन् भने बाँकिकाे हात खाली हुनेछ ।  कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *