नेकपा विभाजन भएको छैन – ओली

नेकपा विभाजन भएको छैन – ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन् ।

निर्वाचन आयोगमा जवाफ पेश गर्दै नेकपा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको जनाएको छ । ओलीद्वारा हस्ताक्षरित पत्रमा प्रचण्ड माधव समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरिएको छ ।

नेपाललाई अध्यक्ष बनाइएको भन्ने प्रचण्ड माधव समूहले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको दाबी गरिएको छ ।  दाहाल समेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।

नेपाललाई अध्यक्ष बनाइएको भन्दै दाहाल-नेपाल पक्षले आयोगलाई पठाएको पत्रको औचित्य र वैधानिकता नभएको पत्रमा लेखिएको छ। आफ्नो पार्टीमा दाहाल दुई नम्बर अध्यक्ष र नेपाल वरिष्ठ नेता रहेको पनि ओलीले उल्लेख गरेका छन् ।

आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *