भारत भूगोलमा ठूलो भएपनि सार्वभौमिकता बराबरी : प्रधानमन्त्री ओली

भारत भूगोलमा ठूलो भएपनि सार्वभौमिकता बराबरी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी भएको बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीसँग कुराकानी गर्दै  प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए ।

ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउदै दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताएका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । साथै नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिनेसमेत बताए ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *