नेपाली विद्यार्थी कुटिएको स्कुलमा मुस्ताङका शिक्षक मृत भेटिए

नेपाली विद्यार्थी कुटिएको स्कुलमा मुस्ताङका शिक्षक मृत भेटिए

काठमाडौँ : दसैं टिकाका दिन ५१ विद्यार्थी कुटिएको भारतको उत्तराखण्डस्थित देहरादुनको शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली रहेको खुलेको छ ।

शाक्य एकेडेमी परिसरमै रहेको आवासीय भवनमा शिक्षक लुआङ लेकपा मृत भेटिएका थिए । उनी मुस्ताङ जिल्लाको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ का पेमा थुप्तेन गुरुङका जेठा छोरा रहेको वडाध्यक्ष छिरिङ गोम्पो गुरुङले बताए ।

वडाध्यक्षका अनुसार लेकपा सानैदेखि भारतमा बस्दै आएका थिए । वडाले शव बुझ्न आवश्यक कागज बनाएर पठाएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रबाट कुटिएका मध्ये ३९ नेपाली विद्यार्थी बिहीबार काठमाडौं फर्किसकेका छन् । सिन्धुपाल्चोक, रामेछाप, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला लगायत १९ जिल्लाका ती विद्यार्थीहरूले देहरादुन नर्फकने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *