कविता – प्रकृतिकाे झटाराे

कविता - प्रकृतिकाे झटाराे

-कुस्माखर न्यौपाने (कुसुम)

बाहिर चकमन्न छ अनि सुनसान् छ,
मन् भित्र भने कत्ती शान्ती छैन हानाहान् छ ।
कोरोनाले सबै कुरा ठप्प बनाएर,
कतिलाई मारिदिदा त कतिलाई
आज हो कि भोलि पारिदिदा पनि,
कहाँ थाकेको छ र मानव ?
हेर्नुस्, तेरो र मेरो भनेर कति तानातान् छ ।

सतर्कता बिधि केही अपनाउंदैनन्,
बिना मास्क भिड्मा हिडिदिन्छन् ।
जे नगर्नु भन्यो त्यही गर्ने स्वभाव हुन्छ मान्छेसङ्ग,
भुलबस् होइन गल्ती यहाँ जानाजान् छ ।

ज्यान् कुन दिन धुंवा बन्ने हो ठेगान नभएको बेला,
आफ्नो सुरक्षा, परिवार अनि घर बिर्सेर,
पैसाकै पछि दगुरेको देख्छु कतिपय मान्छेहरु,
जसलाई जिवनको पर्वाह छैन पैसै ठूलो हो भन्ने भान् छ ।

ए मानव ! प्रकृति सङ्ग खेल्न बन्द गर्,
र छोड् यो नक्कली भौतिक विकासको स्वर्ग बनाउँन,
होस् गर् प्रकृतिले कुन दिन् यो भन्दा धेरै ठूलो झटारो हान्छ ।

फेरि नि भन्छुँ अब त चेत है मनुष्यहरु हो,
होइन भने अहिलेसम्मको सभ्यता पहिरोमा जान्छ ।
न तिमी रहन्छौँ न त यो सभ्यता,
अर्को महाबिपत्तिले सबै उडाएर लान्छ ।

 ८ भदौ-२०७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *