सुशान्तको नोभेम्बरमा बिबाह गर्ने योजना थियो……

सुशान्तको नोभेम्बरमा बिबाह गर्ने योजना थियो……

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ त्मह त्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्त ब्ध छ । उनकी निधनले देश विदेशका साबि शुभचिन्तक शोकमा छन् । एक उदयमान कलाकारलाई गुमाएको बलिउड क्षेत्र पनि शोकमा  छ ।

मुम्बाई प्रहरीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ । तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घटना स्थलबाट कुनै सु साइड नोट नभेटिएको बताएका छन् । जसका कारण सुशान्तको आ त्मह त्या एक रहस्य नै बनिरहेको छ ।

आइतबार आ त्मह त्या गरेका बलिउड अभिनेता सुशान्त सिंहले पाँच दिन पहिले मात्र मलहिडामा रहेको आफ्ना परिवारका अन्य सदस्यसँग लामो समय फोनमा कुराकानी गरेका थिए ।

उनी पछिल्लो समय मोडल रिहा चक्रवतीसँग सम्बन्धमा रहेका थिए । उनीहरु बीचमा बिहेको कुरा चलेकाे हल्ला भएपनि उनीहरुले औपचारिक रुपमा उक्त्त कुरा खुलाएका थिएन्न ।

बलिउडका पापाराजीले केहि समय अगाडी सुशान्त र रिहालाई सँगै भेटेको थियो । तर सुशान्तले केहि प्रतिक्रिया दिन मानेन्न र गाडीमा चढेर आफ्नो घर गएका थिए ।

उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।

उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमाएको बताउँदै रोएकी थिइन् ।

पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । विवाह कोसँग हुने भन्ने तय नभएको तर नोभेम्बरमा नै हुने निश्चित भइसकेको पन्ना सिंहले भारतीय मिडियालाई जानकारी दिएका छन् । तर रिहासँगको हिमचिमले उनफहरु सम्बन्धमा बाँधिन लागेका त थिएन्न् भनेर प्रश्न उठ्न थालेकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *