सुशान्तको मृत्युको पीडाले भाउजुको पनि नि’धन

सुशान्तको मृत्युको पीडाले भाउजुको पनि नि’धन

एजेन्सी:  बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको खबरले पुरा कला क्षेत्र शो’कमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।

सुशान्तले अचानक आ त्मह त्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्।  बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृ’त्युको खबरले नि’धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्या’न गु’माउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् ।

५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् ।

सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको मृ’त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्।

देवरको मृ’त्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि’धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ’त्यु लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।

सुशान्तको नि’धनको एक साता अगाडी मात्रै उनीकी पुर्व न्यानेजरले पनि आ’त्मह’त्या गरेको खबर सार्वजनिक भएको थियो ।

Leave a Reply