गजल — युवराज फुयाल

गजल — युवराज फुयाल

जिन्दगीले किन यस्तो खास चलाइदिन्छ
हरेक साझ दिलमा चिसो बतास चलाइदिन्छ

यता हरेक दिन म जल्छु र त प्रिया
तिम्रो सहरमा मधुमास चलाइदिन्छ

मैले बर्षौ देखि सम्हालेर राखेको माया
भन्छे अचेल अर्कै बदमाश चलाइदिन्छ

बूढो युगलाइ हेरेर हास्दैछ डिजिटल दुनियाँ
लाग्छ उसको दिलमा ठुलै बिश्वास चलाइदिन्छ

जब घर सम्झिन्छु अनि बा आमा सम्झिन्छु
र मात्र आफ्नोपनको आभास चलाइदिन्छ

Leave a Reply