गजल : अर्जुन दृष्टि पौडेल

गजल : अर्जुन दृष्टि पौडेल

आकासमा बसेकालाई पनि झर्ने रहरले सताउछ
यसैले हरेक रात आँखाबाट एउटा तारा हराउछ

सायद धड्कनमा कोहि भएर गरुङ्गो हुन्छ शरीर
पानीले पनि मुर्दा उतार्छ जिउदोलाई डूबाउछ

बषौदेखि हेरीरहेको शीतको थोपा आज देखिएन
चित्त बुझाउछु यो जिन्दगी पनि यसरीनै बिलाउछ

तिमीले मात्र आँखाका परेलाहरु नभत्काउनु
मेरो घरमा प्रत्येक रात पूर्णिमाको जून उदाउछ

जीवन त बडो अध्भुतको कला रहेछ हजुर
बुद्दलाई बन्दुक बोकेको अभिनय गर्न सिकाउछ

अर्जुन दृष्टि पौडेल
पोखरा

Leave a Reply