जाने बेलामा : कमल संघर्ष

जाने बेलामा : कमल संघर्ष

आफ्नाहरु पर्छन फेला जाने बेलामा
र थपिन्छ झन् झमेला जाने बेलामा

आफैसँग छुट्टिएर हिडेको छु आज
तिमी हुन्थ्याै कुनै बेला जाने बेलामा

बालाई खोजी ल्याउछु भर नपर्नु आमा
भन्न त आँउछु भनिएला जाने बेलामा

एउटै आश हुदो रैछ एक्लो मान्छेलाई
कस्ले हात हल्लाई देला जाने बेलामा
– कमल संघर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *