महामन्त्री गगन थापाको विशेष पहलमा संघिय सरकारको बयालपाटा अस्पताललाई ६ करोड

अछाम:नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको विशेष समन्वय पछि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले अछामको बयालपाटा अस्पताललाई आर्थिक वर्ष २०८२/०८३ को बजेटमा ६ करोड बिनियोजन गरेका छन् । स्वास्थ्य मन्त्री पौडेलले अस्पताल सञ्चालनका लागि यो रकम विनियोजन गरिएको छ । संघीय सरकार बाट अस्पताल लाई पहिलो बजेटमा समावेश गरी पटक रकम विनयोजन गरिएको हो ।
सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिमलाई बयालपाटा अस्पताल सञ्चालन खर्च शिर्षक ६ करोड बिनियोजन गरेका छन् । लामो समयदेखि अस्पताल आर्थिक संकटमा जुधिरहेको भन्दै नेपाली कांग्रेस महामन्त्री थापालाई नेपाली कांग्रेस अछाम निवर्तमान सभापति भरत कुमार स्वारले बारम्बार समन्वय गरेका थिए भने महामन्त्री थापाले अस्पताल सञ्चालनका सवालमा स्थापनाकाल देखि नै चासो दिएको र यसको दीर्घकालीन उपाय खोज्ने जानकरी दिएका थिए ।
त्यस पश्चप बजेटको पूर्वसन्ध्यामा निवर्तमान सभापति स्वाँर तथा महासमिति सदस्य नेपाली काङ्ग्रेसका युवा राजन कुवर,तपेन खड्काले स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई भेटेर बयलपाटा अस्पतालको समस्त चुनौतीको बारेमा पनि जानकरी गराएका थिए ।