नेपाली काङ्ग्रेसका नेता स्वर्गीय बुढाको श्रद्धाञ्जली सभा ढकारीमा सम्पन्न

अछाम : नेपाली काङ्ग्रेस ढकारी गाउँकार्यसमितिका उपसभापति स्वर्गीय पदम बहादुर बुढाको १३ औं दिनको पुण्य तिथिको अवसरमा शोक सभा सम्पन्न भएको छ । गाउँकार्यसमितिका सभापति धनबहादुर बुढाको सभापतित्वमा भएको शोक सभा कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमितिका सहमहामन्त्री अम्बिका चलाउने रहनु भएको थियोे । प्रमुख अतिथि चलाउनेले नेपाली काङ्ग्रेस नेता बुढाको निधनले काँग्रेसमा ठुलो क्षती भएको बताउनुभयो ।
स्वर्गीय बुढाले पार्टीमा गरेको योगदान ,पार्टी प्रति उहाँको त्याग तपस्या लाई हामीले जहिले पनि सम्मान गर्दै उहाँका अधुरो सपना लाई पूरा गर्न हामी हरु लागिपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवरले स्वर्गीय बुढाको दुखद निधनले समग्र नेपाली काङ्ग्रेस अछाम दुखित बनेको बताउनुभयो । स्वर्गीय नेता बुढा संगठन प्रति कट्टिबद्द एक इमानदार कार्यकर्ता भएको समेत बताउनुभयो ।
शोक सभामा नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज अधिकारी ,सुरत बहादुर बिष्ट ,जिल्ला पार्टी सचीव प्रकाश साउद ,पार्टी सहसचिव गोबिन्द बिष्ट ,महाधिवेशन प्रतिनिधि रामबहादुर शाही,गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही ,काङ्ग्रेस नेता रबिन्द्र शाही लगायतले स्वर्गीय नेता बुढाको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिएका थिए । उक्त कार्यक्रमको संचालन ढकारी गाउँकार्यसमितिका पार्टी उपसभापति टंकबहादुर साउदले गर्नुभएको थियो ।

