गाउँमा टिभीसमेत नदेखेका दाहाल बने कम्प्युटर डिजाइनर, भन्छन् अहिले आख्यान लेख्दै छु ।

गाउँमा टिभीसमेत नदेखेका दाहाल बने कम्प्युटर डिजाइनर, भन्छन् अहिले आख्यान लेख्दै छु ।

सङ्घर्ष, इच्छाशक्ति रआत्मबल भए कुन काम गाह्रो छ ? सङ्घर्ष गरे कुन कुरा सम्भव छैन ?
यो साहसलाई सलाम छ ।
साहित्यिक बजारमा प्रकाशन हुने विभिन्न पुस्तकको लेआउट तथा आवरण डिजाइनरका रूपमा चर्चित नाम हो, सन्तोषकुमार दाहाल ।
खोटाङ जिल्ला, हलेसी तुवाचुङ नगरपालिका, वडा नं. ४ (खोक्सेली) मा जन्मिएर हाल उनी काठमाडौँमा बस्छन् । २०६१ सालमा काडमाडौँ आएका उनी निकै सङ्घर्ष गरेको बताउँछन् । गाउँमा रहँदा कम्प्युटरको त के कुरा, सादा टेलिभिजनसमेत उनले देखेका थिएनन् । कम्प्युटरसम्बन्धी काम गरेको एक दशक भए तापनि व्यावसायिक रूपमा कम्प्युटर डिजाइन (पेज लेआउट, आवरण डिजाइनलगायत पत्रपत्रिका) का काम गरेको उनी बताउँछन् ।

युवाहरू विदेश जाने प्रवृत्ति हा’बी रहेको वेला उनले देशमा नै केही गर्ने योजना बनाए । सुरुमा सामान्य फोटोकपी पसलमा पन्ध्र सयको जागिर खाए । अहिले उनी नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रमा कार्यरत छन् । त्यहाँबाट प्रकाशन हुने विद्यालयस्तरका विभिन्न शिक्षक निर्देशिका तथा पाठ्य पुस्तकहरूको डिजाइनरमा दाहालको दक्षता झल्किन्छ ।

उनी अफिस समयदेखि बाहेक (बिहान, बेलुका र सार्वजनिक बिदामा) काठमाडौँको बागबजारस्थित ‘एस.के.डी ग्राफिक एन्ड प्रिन्टिङ सोलुसन’ डिजाइनिङ हाउसमा विभिन्न प्रकाशन गृहरूसँग सहकार्य गरी साहित्यिक पुस्तकहरूको लेआउट, आवरण साथै पत्रपत्रिका डिजाइनलगायत साहित्यिक गतिविधिमा व्यस्त रहन्छन् । जहाँ टाइप, लेआउट डिजाइन, आवरण डिजाइन, विभिन्न विधामा लेखिएका पुस्तकहरूको भाषा सम्पादन, शुद्धाशुद्धि, चित्राङ्कन, पत्रिका तथा सर्टिफिकेट लगायतका विभिन्न डिजाइन साथै छपाइसम्बन्धी काम हुने गर्छ ।

कुनै पुस्तक चर्चामा आउनु, लोकप्रिय हुनु एउटा लेखकका लागि खुसी र सफलता हो । तर, पुस्तकमा लेआउट तथा बाहिरी आवरणको पनि उत्तिकै भूमिका रहेको हुन्छ । जसले पुस्तक चर्चित हुन उल्लेख्य भूमिका रहन्छ । आकर्षक लेआउट तथा आवरण डिजाइन देखेमा पाठकको आँखा झट्ट त्यस पुस्तकमाथि पुग्छ । उनी भन्छन्, “पाठकको नजर पहिला बाहिरी आवरणमा पर्छ । पढाइका लागि भित्री लेआउट पनि आकर्षक र उत्कृष्ट हुनु अर्को जरुरी पक्ष हो ।”
बजारमा हरेक हप्ताजसो साहित्यिक पुस्तक सार्वजनिक हुन्छन् । पुस्तक बजारमा आउँछन् तर पाठकलाई भने अत्तोपत्तो हुँदैन । लेखक र प्रकाशकबाहेकले प्रायः पुस्तक निस्केको थाहा नै पाउँदैनन् । अहिलेको साहित्यिक बजारलाई हेर्दा पुस्तक प्रकाशन हुनुअघि पुस्तकको आवरण पहिले सार्वजनिक गरिन्छ र देख्न पाइन्छ। पुस्तकको विधा, नाम र आवरण सार्वजनिक भइसकेपछि पाठकले पुस्तकका बारेमा अनुमान लगाउन थाल्छन् । कतिपय पाठकहरूले पुस्तकको विधा र आवरण हेरेरै पढ्ने नपढ्ने मानसिकता बनाउने गर्छन्। त्यसैले प्रकाशन गृहहरूले आवरण तथा लेआउट डिजाइनमा समय खर्चिन्छन् । एउटा कृतिका लागि आवरण तथा लेआउट डिजाइन कति महत्वपूर्ण छ ? उनी भन्छन्,– ‘विषयवस्तुको भाव, परिवेश, पात्र र त्यसले दिन खोजेको सन्देशका आधारमा आवरण डिजाइन गरिन्छ । आवरण भनेको कृतिको सुन्दर पहिरन हो, सौन्दर्य हो ।’ कसरी निर्माण गरिन्छ आवरण ? उनले डिजाइन गरेका करिब १५० भन्दा बढी पुस्तकहरू बजारमा आइसकेका छन् । जसमध्ये लिम्बुनी गाउँ, प्रति नायक, विचारको ला’स, आमोई, गुहा लेख गुहा चित्र लगायतका पुस्तकहरू मदन पुरस्कारको सूचीमा परेका छन् । लेआउट तथा आवरण डिजाइन गर्ने कार्य प्राविधिक पक्ष हो। यस क्षेत्रमा काम गर्ने प्राविधिक तथा डिजाइनरहरू सीमित छन् । जब प्रकाशकले कुनै कृति प्रकाशनका लागि लेखकसँग सम्झौता गर्छ त्यससँगै कृतिको लेआउट तथा डिजाइन गर्ने प्राविधिकको आवश्यक पर्छ र प्रकाशक डिजाइनरहरूसँग सहकार्य गर्ने गर्दछन् ।

आवरण डिजाइन गर्नुपूर्व पुस्तकको विधा, विषयवस्तु, परिवेश, पात्र लगायतका बारे डिजाइनरलाई जानकारी हुनु आवश्यक हुन्छ । किनकि आवरणमा पुस्तकले दिन खोजेको सन्देश र मूल भाव विम्बात्मक रूपमा उतार्न सकियो भने पुस्तकको सौन्दर्य बढ्ने गर्दछ । तर सबै कृतिहरू पढ्न सम्भव हुँदैन, दाहालले सुनाए,–‘कतिपय पुस्तकको आवरण डिजाइन गर्दा लेखक र प्रकाशक स्वयंले कृतिको मूल भाव, परिवेश र पात्रहरूका बारेमा भन्छन् र सुझाव दिन्छन् त्यसैका आधारमा काम गर्ने गर्छु ।’ कतिपय अवस्थामा लेखक र प्रकाशकहरूले भनेबमोजिमको आवरण निर्माण गर्नुपर्ने बा’ध्यता पनि हुन सक्छ । सो कुरा आफूलाई पनि उपयुक्त लागेमा मात्र काम गर्छु । नकि आफूले गरेको कामबाट आफू पनि सन्तुष्ट भइयोस् ।’ दाहाल भन्छन्,– ‘व्यवसाय भन्दैमा आफैँलाई चित्त नबुभ्mने काम गरेर लेखक र प्रकाशकलाई झारो टार्न खोज्नु मेरो नैतिकताले दिँदैन । किनकि आफूले डिजाइन गरेका पुस्तकहरू बजारमा निस्किएपछि प्रशंसा होस् भन्ने एउटा काम गर्ने मान्छेको इमानदारी र मानवीय गुण नै हो ।’

लेखकहरूलाई आफ्नो किताबको जति माया लाग्छ डिजाइनरलाई पनि आफूले काम गरेको पुस्तकको माया उत्ति नै लाग्ने गर्छ, । आफ्नो कृति बजारमा आउँदा लेखकको जति ढुकढुकी बढ्छ, त्यति नै ढुकढुकी आफ्नो पनि बढ्छ। लेखन र पुस्तकको आवरण डिजाइनको भाव मिलेमा पुस्तक आकर्षक बन्छ । कहिलेकाहीँ उनी पुस्तक पसल, लाइब्रेरी र विभिन्न समयमा हुने पुस्तक मेलाहरूमा जाने गर्छन् । उनी आफूले गरेको डिजाइन र अरूले गर्ने डिजाइनबीच तुलना गर्छन् । कहाँनेर कमजोर छु म ? अथवा मैले अझै के गर्न जरुरी छ, उनी स्वमूल्याङ्कन गर्छन् । अग्रज र समकालीन डिजाइनरहरूले गरेको कामका बारे उनले सक्दो खोजी गर्ने गर्छन्। कसरी राम्रो गर्न सकिन्छ त्यसबारे पनि आत्मसमीक्षा गर्छन् । उनले काम गरेका पुस्तकको चर्चा भइरहँदा उनी खुशी हुन्छन् । आफूले डिजाइन गरेका पुस्तकको चर्चा हुँदा खुशी नहुने त कुरा नै हुँदैन ।

विभिन्न प्रकाशन गृहसँग उनले सहकार्य गरेका छन् । काममा इमानदार हुनु आवश्यक छ । कतिपयले फन्ट ठूलो वा स्पेस बढी बनाएर पुस्तक मोटो बनाई रकम असुल्ने गरेको चर्चा बजारमा सुनिन्छ । तर आफूले त्योभन्दा पुस्तक पाठकहरूका लागि पढ्न सजिलो र आकर्षक बनाउनमा ध्यान दिने बताए । चाहिने भन्दा ठूलो पुस्तक बनाएर मूल्य असुल्नु मर्यादाभन्दा बाहिरको काम हो । यसो गर्न मेरो नैतिकताले दिँदैन उनले थपे । पछिल्लो क्रममा साहित्यिक कृतिको डिजाइन र साहित्यिक गतिविधिमा उनको लगाव बढेको छ । साहित्यका फरक फरक विधाले आफूलाई मोहित गराउने भएकाले पनि साहित्यिक कृतिको डिजाइनमा अझ सन्तुष्टि मिल्ने उनी बताउँछन् ।

कसरी आइपुगे त दाहाल यस क्षेत्रमा ?

उनी गाउँमा हुँदा राजधानीबाट उनका दाजुको चिठी आउँथ्यो। गाउँमा अन्य दाइहरूको चिठी हस्तलेखनमा आउँथ्यो भने उनका दाजुले कम्प्युटर टाइप गरेको सफा र सुन्दर अक्षरमा पठाउँथे । उक्त पत्र देखेर छरछिमेकीहरूले पनि उनका दाजुको तारिफ गर्थे। त्यसकरण गाउँमा उनलार्ई बेग्लै किसिमले हेरिन्थ्यो । उनलाई लाग्थ्यो, कम्युटर चलाउने मान्छेहरू सबैका प्यारा र ठूला हुन्छन्। उनलाई पनि यस क्षेत्रमा लाग्ने रहर जाग्यो। कुनै कम्युटर इन्स्टिट्युटमा गएर सिकेका होइनन् उनले। कम्प्युटर सम्बन्धी डिजाइनको काम गर्ने भएकाले कम्प्युटर सिक्नका लागि प्रेरणाको स्रोत दाजु बनिदिनुभयो ।
उनी स्मरण गर्दै भन्छन्,– ‘म काठमाडौँ आएको केही वर्षपछि दाजुले ऋण का’ढेर कम्प्युटर किन्नुभयो । किनकी, त्यो बेला दाजु मात्र काम गर्नुहुन्थ्यो । दिदी र म बेरोजगारी थियौँ । तीन जनालाई बस्ने, खाने र पढ्ने खर्च जुटाउन दाजुलाई हम्मेहम्मे पथ्र्याे । म बिहान कलेज जान्थेँ, अनि कोठामा आएपछि कम्प्युटर सिकेर बस्थेँ ।’
कामले काम सिकाउँदै गयो। अ’ल्पायुमा नै बुबाको मृ’त्यु भएपछि काठमाडौँमा सङ्घर्ष गर्दै आएका दाहाल आप्mनो काम र कमाइदेखि खुसी र सन्तुष्ट छन् । साथै उनको कामदेखि सिङ्गो परिवार खुसी छ । हाल उनका दाजु, भाउजू, आमा र दुई छोरी अमेरिकामा बस्दै आएका छन् ।

उनी भन्छन्,– इमानदारी, लगनशीलता, कर्मशीलता र अनुशासनले नै मान्छेलाई सफल बनाउँछ । दुःख, सुख, भोगाइ र सङ्घर्षको संगम नै जीवन हो । जो मान्छे आफू खुसी हुन सक्दैन तबसम्म उसले अरूलाई खुसी पार्न सक्दैन । त्यसैले पहिला आफु खुसी र सन्तुष्ट हुनुपर्दछ ।
डिजाइनमा मात्र होइन अरू के के प्रतिभा छ त दाहालमा ?

मार्सलआर्टमा रुचि राख्ने दाहाल काठमाडौँ आएपछि नेपाल क’राँते सिक्न दशरथ रङ्गशालामा भर्ना भए । उनले नेपाल सितोरियो क’राँतेमा ब्लाकबेल्टसम्मको कोर्स पूरा गरेका छन् भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्र’तिस्पर्धा गरी विभिन्न पदकहरू हात पारेका छन् ।

‘केन्द्रीय दाहाल प्रतिष्ठान’ अन्तर्गत युवा परिचालन महाशाखाका सहकोषाध्यक्षसमेत रहेका उनी विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रिय छन् । मिलनसार, हँसिला उनी सानैदेखि मादल बजाउन खप्पिस रहेका दाहाल बाँसुरी बजाउन पनि सिपालु छन् । विभिन्न नेता तथा कलाकारहरूको क्यारिकेचर गर्नुका साथै कलाकारिता तथा मनोरञ्जनात्मक गतिविधिमा पनि उत्तिकै रुचि राख्छन् । पछिल्लो समय उनी पुस्तक डिजाइनका साथसाथै एउटा कथासङ्ग्रह र एउटा उपन्यास गरी दुईओटा कृति प्रकाशनका लागि लेखन कार्यमा तल्लीन छन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *