नेपाली सेना स्थापना दिवसको अवसरमा गोरख बक्स गण अछामद्वारा खुला दौड प्रतियोगिता

नेपाली सेना स्थापना दिवसको अवसरमा गोरख बक्स गण अछामद्वारा खुला दौड प्रतियोगिता

अछाम : महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणले खुल्ला  महिला पुरुष दौड प्रतियोगिताको आयोजना गरेको छ ।

 

दिवसको अवसरमा फागुन २४ गते गोरख बक्स गण अछाममा भएको महिला र पुरुष बिचको खुल्ला दौड प्रतियोगिता अन्तर्गत महिलाका लागी ५ किलोमीटर र पुरुषका लागि १० किलोमीटरको  दौड प्रतियोगितामा महिला तर्फ नेपाली सेनाका सुम्निमा अधिकारी प्रथम भएकि छन् । त्यस्तै महिला तर्फ  द्वितीय स्थानीय मथुरा साउद र तृतीय
नेपाली सेनाका अर्पना खाड भएकी छन् । त्यस्तै पुरुष तर्फ  स्थानीय कमल तिमिल्सैना प्रथम भएका छन् भने द्वितीय  नेपाली सेनाका अमृत नेपाल र तृतीय पार्बत दमाई भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने हरुलाइ मेडल,प्रमाणपत्र सहित नगद पुरस्कार बितरण गरिएको थियो ।

सेना र नागरिक संगको सम्बन्ध सुमधुर बनाउने  उदेश्यले प्रतियोगिता आयोजना गरिएको गोरख बक्स गण अछामका गणपति जनक सिलवालले बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित!बहादुर कुवर,मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहरा ,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक,सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी ,राष्ट्रिय अनुसन्धान कार्यालय अछामका  प्रमुख अनुसन्धान अधिकृत दिल बहादुर चौधरी लगायत उपस्तिथि रहेको थियो । प्रतियोगितामा  स्थानीय नागरिक र जिल्ला स्थिति सुरक्षा निकायको तर्फबाट पनि सहभागी जनाएका थिए ।

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *