आय-आर्जनमा वृद्धि र आरन पेसालाई जोगाउन सीप विकास तालिम

आय-आर्जनमा वृद्धि र आरन पेसालाई जोगाउन सीप विकास तालिम

सुशील भण्डारी,अछाम २२ फागुन।

अछाममा नयाँ उद्यमीहरूका लागि संचालित १ महिने आरन उद्योग सीप विकास तालिमको सोमबार एक कार्यक्रमका बीच समापन भएको  छ ।

 

घरेलु तथा साना उघोग कार्यालय अछामको आयोजनामा तालिमको माध्यमबाट उद्यमीहरूको आय-आर्जनमा वृद्धि गर्ने र आरन पेसालाई  बचाउने उद्देश्यले तालिम संचालन गरिएको थियो ।

१ महिने  आरन सम्बन्धी सीप विकास तालिमले लोप हुँदै गएको आरन व्यवसाय र परम्परागत सिपलाई प्रविधिको प्रयोग गर्दै सरल, सहज तरिकाले आकर्षक औजार निर्माणमा सहयोग पुर्याउने लक्ष्य रहेको घरेलु तथा साना उधोग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले बताए  ।

१ महिनासम्म संचालन भएको  तालिममा  सहभागीहरुले परम्परागत हतियार खुडा,खुकुरी ,चुलेसी लगायतका कृषि औजार निर्माण गरेका हुन । अछामका विभिन्न स्थानीय तहका ८ जनालाई तालिम दिइएको थियो ।

आरन पेसालाई आधुनिकीकरण गर्दै लैजानुपर्ने   सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष बिकले बताउनुभयो  । स्थानीय स्तरमा परम्परागत देखी चल्दै आएको पेसालाई संरक्षण गर्न नसक्दा लोप हुने खतरा बढेको उनको भनाइ छ ।

१ महिनाको अवधिमा आफुले थुप्रै किसिमका परम्परागत घरेलु हतियार बनाउन सिकेको तालिममा सहभागी मेल्लेख गाउँपालिका वडा नम्बर ८ का शालिभान साउदले बताए । आगामी दिनमा यस्ता खालका तालिम संचालन गर्न आवश्यक रहेको उनले बताए ।

परम्परागत पेशा आरन पछिल्लो समय युवा पुस्ताले चलाउन छोडेपछि गाउँ सहरबाट आरन विस्थापित हुँदै गएका नेपाल घरेलु तथा साना उधोग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष नरबहादुर रावलले बताए । घरेलु तथा साना उधोग कार्यालय अछामले यस्ता सिर्जनशील कार्य हरु गरेको धन्यवाद समेत दिए ।

पछिल्लो समय आरन व्यवसाय छोडेर युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने तथा गाउँमा भएकाले पनि जीविकोपार्जनका लागि अन्य पेसा अगाल्न थालेपछि आरन व्यवसाय सङ्कटमा परेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *