आगलागीमा परि अछाममा दुई बालबालिकाको मृत्युु     

आगलागीमा परि अछाममा दुई बालबालिकाको मृत्युु      

अछाम : अछाममा आगोमा परेर २ बालबालिकाको मृत्यु भएको छ।

बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर  ३ ठाटि दर्बा निवासी जय बहादुर बुढा र झंकरे बुढाको खरले  छाएको भैंसी बाध्ने गोठमा आगलागी हुँदा ६ वर्षिय निरुता बुढा र  ३ बर्षका  अंकित बुढाकाे आगाेमा जलेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

गोठ नजिकै बालेको आगोलाई बालबालिकाले खेलाउदा गोठमा आगलागी भएको थियो ।

मृत्यु भइसकेको अवस्थामा दुबैजनाको शब गोठ बाट निकालिएको प्रनाउ पाठकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *