नेपाली काङ्ग्रेसका संस्थापक नेता स्वर्गीय भट्टराईको जन्मजयन्तीको अवसरमा बिचार गोष्ठी

नेपाली काङ्ग्रेसका संस्थापक नेता स्वर्गीय भट्टराईको जन्मजयन्तीको अवसरमा बिचार गोष्ठी

अछाम : नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको  ९९  औं जन्मजयन्तीको अवसरमा नेपाली काङ्ग्रेस अछामले बिचार गोष्ठीको आयोजना गरि जन्मजयन्ती मनाएको  छ ।

काङ्ग्रेस अछामका कार्यवाहक सभापति नंयाराम बजगाइको सभापतित्वमा भएको कार्यक्रममा स्वर्गीय नेता भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै  नेपाली काङ्ग्रेस अछामका महासमिति पदमराज अधिकारीले स्वर्गीय नेता भट्टराईको प्रजातन्त्र प्राप्तीमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।  अहिले मुलुकमा कृष्णप्रसाद भट्टराई जस्तो सादगी इमान्दार र निष्ठावान् नेता  आवश्यक रहेको बताउनुभयो । अधिकारीले २००७ साल देखिनै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका स्वर्गीय नेता विपी कोइराला, गणेशमान सिंह र भट्टराईले नेपालको राजनीतिक आन्दोलनमा खेलेको भूमिकाको चर्चा गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि  जिला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा  नेपाली कांग्रेस जिल्ला कार्यसमिति सहसचिव दिनेश स्वार, महासमिति सदस्य अन्जु मल्ल,महाधिवेशन प्रतिनिधि पुणा शाह नेपाली कांग्रेस जिल्ला प्रबक्ता पदम शाह,प्रदेश अधिवेशन प्रतिनिधि हरि प्रसाद ढुंगाना ,
काङ्ग्रेस नेता राजेश बोगटी ,महेश शाह,पुर्ण बिष्ट ,पुर्ण भाट,कालू शाह,हेमराज भण्डारी ,भोजराज भाट,तरुण दल अछामका अध्यक्ष  रमेश बिष्ट ,नेपाल विद्यार्थी का जिल्ला सचीव रामप्रसाद भाट,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पहल थापा ,अछाम बहुमुखी क्याम्पस का इकाई सभापति गणेश अधिकारी ,नेपाल विद्यार्थी संघ अछाम बहुमुखी क्याम्पस नेता हिक्मत बुढा, नरेन्द्र बुढा लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव टक्कर शाहले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *