जिल्ला प्रशासन कार्यालय अछाममा नयाँ आएका कर्मचारीहरु लाई स्वागत

जिल्ला प्रशासन कार्यालय अछाममा नयाँ आएका कर्मचारीहरु लाई स्वागत

जिल्ला प्रशासन कार्यालय अछाममा नयाँ  आएका कर्मचारी हरुलाई स्वागत गरिएको छ ।

लामो समय देखि जिल्ला प्रशासन कार्यालयमा रिक्त रहेको कम्प्युटर अपरेटर पदमा आएका  अनिल कुमार ठाकुर ,दिलिप राना,नवीन भट्ट लाई एक कार्यक्रमका बीच स्वागत गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयमा नयाँ आएका कर्मचारी हरुलाइ जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले नागरिकलाई प्रवाह गरिने सेवामा कुनै अफ्ट्यारो नगरेर मुस्कान सहितको सेवा दिनुपर्ने बताउनुभयो । नागरिक र कर्मचारी बिचको सम्बन्ध राम्रो हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक सन्तोष पाठक ,राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डे ,प्रशासकीय अधिकृत सन्तोष बिक,नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य सुशील भण्डारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन नायब सुब्बा जिबराज उपाध्यायले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *