महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु पर्छ:प्रमुख कुँवर

महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु पर्छ:प्रमुख कुँवर

अछाम:जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले महिलाहरु जबसम्म आर्थिक रुपले हुदैनन् तबसम्म महिला अधिकारले न्याय नपाउने बताएका छन् ।

शुक्रबार महिला मानव अधिकार रक्षक सञ्जाल अछामको बैठकमा प्रमुख आथित्यबाट बोद्दै कुँवरले महिलाहरू अझैसम्म पछाडि परेको बताए ।

सामाजिक ,सास्कृतिक रूपमा सशक्त बनाउन राज्यको नितिमा उल्लेख भएपनि कार्यनयन नभएकोले सबैले आ-आफ्नो ठाउँबाट कार्यन्वयन गर्न लाग्नुपर्ने बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल महिला दिदिबहिनी हरुको सुख दुखका कुरा गर्ने थलो हुने बिश्वास ब्याक्त गरे।

महिला मानव अधिकार रक्षक सञ्जाल अछामका अध्यक्ष राधिका भुजेलको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल ,कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *