जिल्ला प्रशासन कार्यालय अछाममा कार्यरत खरिदार जोशीको फेरि भेटौला कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय अछाममा कार्यरत खरिदार जोशीको फेरि भेटौला कार्यक्रम सम्पन्न

अछाम : जिल्ला प्रशासन कार्यालय अछाममा कार्यरत खरिदार
नन्दलाल जोशीको फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । अछाम बाट जिल्ला प्रशासन कार्यालय बाजुरा सरुवा भएका जोशीलाई शुक्रबार एक कार्यक्रमका बीच अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले फुल,माला अबिर र मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नुभएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले
सामान्य ब्यवहार ,सरल र शालिन ब्याक्ती रहेका जोशीले अछाम प्रशासनमा रहदा जनताको काममा सक्रिय भएर लागेकोमा धन्यवाद व्यक्त गरे । साथै प्रजिअ पोखरेलले  जोशीको आगामी यात्राको शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक सन्तोष पाठक ,जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा जिबराज उपाध्याय ,राष्ट्रिय समाचार समिति राससका अछाम संवाददाता सुशील भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत सन्तोष बिकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *